रुसले किभ कब्जा गरेपछि भिक्टर यान्कोविचलाई युक्रेनका राष्ट्रपति घोषणा गर्न सक्ने युक्रेनी मिडयाको दाबी

रुसले किभ कब्जा गरेपछि भिक्टर यान्कोविचलाई युक्रेनका राष्ट्रपति घोषणा गर्न सक्ने युक्रेनी मिडयाको दाबी

  • बुधबार, फाल्गुन १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 29K
    SHARES

एजेन्सी फागुण १८ । रुसले एक सातादेखि शुरु गरेको आक्रमणले वारपारको स्थिति निम्त्याएको छ । यस युद्धमा हजारौँ सेना र सर्वसाधारणले ज्यान गुमाईसकेका छन् । सँयौँ सैन्य तथा भौतिक संरचनाहरु तहसनहस भएका छन् । युद्ध अझै तीव्र हुँदै गएको छ । रुसले युक्रेनको विभिन्न शहर नियन्त्रणमा लिईसकेको छ । अब अन्तिम लँडाई राजधानी किभ र दोस्रो ठूलो शहर खारकिभमा जारी छ ।
यदी किभको किल्ला ताडेमा रुसले विशेष समारोह गरेर यान्कोभिचलाई राष्ट्रपति बनाउने युक्र्रेयीन्सका प्राभ्दाले उल्लेख गरेको छ ।
भिक्टर युक्रेनका लागि चार पटक राष्ट्रपति भएका थिए । अन्तिम पटक उनी सन् २०१४ सम्म राष्ट्रपति थिए । त्यही बेला सन २०१४ मा पश्चिमा समर्थक प्रदर्शनकारीले मेईडेन रिभोल्युसन भन्दै गरेको बिद्रोह पछि उनी पदच्युत भएर रुस गएका थिए ।
भिक्टर अहिले क्रेमलिनकै संरक्षणमा रहेका छन् । भिक्टरलाई सो क्रान्ति मार्फत पश्चिमा शक्तिको आडमा विस्थापित गरिएपछि रुसले क्रिमिया कब्जा गरेको थियो भने डोनेत्सक र लुहान्सकमा वर्तमान सरकार बिरुद्ध विद्रोह शुरु भएको थियो । यो विद्रोहका क्रममा १४ हजार मानिसको युक्रेनको वर्तमान सरकारले हत्या गरेको रुसको आरोप छ । यो क्षेत्रमा ८० प्रतिशत नागरिक रुसी भाषी छन् । यस क्षेत्रमा ६१ लाख नागरिक बसोबास गर्दछन् । यी नै दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै रुसले युक्रेन बिरुद्ध सैन्य अप्रेसनको घोषणा गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ