एजेन्सी फागुण १८ । अमेरीकी राष्ट्रपति जो बाईडेनले युक्रेनमा आक्रमण गरेर रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले विश्व स्वतन्त्रताको जरा हल्लाएको बताएका छन् । स्टेट अफ् युनियनलाई संवोधन गर्दै बाईडेनले पुटिनले गलत कदम उठाएको भन्दै यसको मुल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।
उनले रुसमाथि सबै खालका प्रतिवन्ध लगाईएको भन्दै युक्रेनलाई सैन्य र मानवीय सहायता जारी राख्ने घोषणा गरे ।
पुटिन विश्वमा अलग थलग भएको पनि उनले जिकिर गरेका छन् ।
बाईडेनको यो घोषणाप्रति रुसको तर्फबाट कुनै प्रतिकृया आएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline