युक्रेन संकटको मौका पारेर चीनले ताईवानमा हमला गर्न सक्ने भन्दै अमेरीकाले पठायो उच्च स्तरीय सुरक्षा अधिकारी

युक्रेन संकटको मौका पारेर चीनले ताईवानमा हमला गर्न सक्ने भन्दै अमेरीकाले पठायो उच्च स्तरीय सुरक्षा अधिकारी

  • मङ्लबार, फाल्गुन १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

एजेन्सी फागुण १७ । युक्रेनमा रुसले हमला गर्छ , कडा परिणाम भोग्नु पर्छ भन्दै चेतावनी दिएको अमेरीकाले अब ताईवानतिर यस्तो भविष्यवाणी शुरु गरेको छ ।
अमेरीकी राष्ट्रपति जो बाईडेनले आज उच्चस्तरीय सुरक्षा अधिकारीहरुसँग आकस्मिक बैठक गरेपछि सैन्य प्रतिनिधिमण्डल ताईवान पठाएका हुन् ।
न्युयोर्क पोष्टका अनुसार अमेरीकी गुप्तचर प्रमुख विलियम बन्र्स सहितको टोली ताईवान पुगेको छ ।
युक्रेनलाई जस्तै ताईवानलाई पनि अमेरीकाले चीनद्धारा हमला हुन सक्ने सूचना दिईरहेको रिपोर्टमा उल्लेख छ ।
एक सैन्य अधिकारीले अमेरीकी राष्ट्रपतिले दक्षिणी चीनीया सागरमा युद्धपोत र सैन्य तैनाथीको लागि यस अघि देखिनै जोड दिएको र चीनले ताईवानमा आक्रमण गर्ने वित्तिकै तत्काल अमेरीका एक्सनमा आउने र त्यसको तयारी लामो समयदेखि चलिरहेको दाबी गरिएको छ ।
चीनले आफ्नो भुभाव दाबी गरीरहेको ताईवानलाई स्वतन्त्र राष्ट्रको मान्यता दिँदै अमेरीकाले ठूलो मात्रामा हतियार बेचिरहेको छ । अमेरीकाकै समर्थनको बलमा ताईवानले चीनलाई चूनौती दिईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ