चीनद्धारा रुस र युक्रेनलाई वार्ता मार्फत समस्या समाधान गर्न अपील

चीनद्धारा रुस र युक्रेनलाई वार्ता मार्फत समस्या समाधान गर्न अपील

  • मङ्लबार, फाल्गुन १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

१७ फागुन । चीनले युक्रेन संकटको शान्तिपूर्ण समाधानका लागि हुने सबै कूटनीतिक प्रयासहरूलाई सधै समर्थन र प्रोत्साहन गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् ।
रुस र युक्रेनका प्रतिनिधिमण्डलबीच सोमबार बेलारुसको गोमेल क्षेत्रमा भएको वार्ताको जवाफ दिँदै प्रवक्ता वाङ वेनबिनले दैनिक पत्रकार सम्मेलनमा फेरी पनि वार्ता हुने र सहमति बन्नेमा चीन विस्वस्त रहेको बताए ।

‘हामीले नोट गरेका छौं, दुई पक्ष निकट भविष्यमा नयाँ चरणको वार्ता गर्न सहमत भएका छन्’ वाङले भन्नु भएको छ । चीनले दुई पक्षले वार्ता र वार्ताको प्रक्रियालाई निरन्तरता दिने र दुवै पक्षको उचित सुरक्षा चासोलाई समेट्ने, युरोपको साझा सुरक्षा र युरोपमा दिगो शान्ति र स्थायित्वका लागि उपयुक्त हुने राजनीतिक समाधान खोज्ने आशा राखेको बताएका छन् ।
चीनले सुरक्षा परिषद्मा तठस्त रहँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ