एजेन्सी फागुण १७ । रुसी रक्षा मन्त्री सरगेई सोगुले युक्रेनमा लक्ष्य हासिल नहुँदा सम्म सैन्य अभियान जारी रहने घोषणा गरेका छन् ।
आज पत्रकार सम्मेलन गर्दै सोगुले रुसी सेनाले युक्रेनको भूमि कब्जा नगर्ने तर यसका दमनकारी सैन्य संरचनाहरु नष्ट पार्ने चेतावनी दिए ।
रुसले युक्रेनमा भीषण आक्रमण जारी राखेका बेला सोगुले युक्रेनको माध्यमबाट पश्चिमा राष्ट्रहरुले रुसको सुरक्षा खतरामा पारेको भन्दै सेनाले सर्वसाधारणको सुरक्षालाई ध्यान दिएर अप्रेसनलाई ध्यानपूर्वक अघि बढाईएको बताए ।
युक्रेनले पश्चिमाहरुको हतियार बोकेर सर्वसाधारण नागरिकलाई मानवढालको रुपमा प्रयोग गरेको भन्दै उनले डोनबास क्षेत्रमा युक्रेनले गरेको दमन र नरसंहारलाई पश्चिमाहरुले नजरअन्दाज गरेको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline