फागुण १७ एजेन्सी । बेलारुसमा भएको द्धिपक्षीय वार्ता निष्कर्ष बिहीन भएपछि रुसले युक्रेनको राजधानीलाई चारै तिरबाट घेरा हालेको छ । युक्रेनका मेयरले अब नागरिकहरुलाई किभ बाहिर निकाल्न पनि मुस्किल पर्ने बताए । बेलायती गुप्तचर संस्थाले पनि किभमा रुसी सेना हावी हुने क्रम बढेको सूचना पाएको उल्लेख गरेको बिबिसीले जनाएको छ । किभलाई नियन्त्रणमा लिन अन्तिम युद्ध गरिरहेको रुसले ६४ किलो मिटर लामो बख्तरबन्द र बन्दोबस्तीका हजारौँ बाहनहरु अगाडी बढाएको छ ।
युद्ध शुरु भएको छैटौ दिन गएराति रुसी वायुसेनाले ओख्तिरकामा रहेको सैन्य ब्यारेकमा आक्रमण गर्दा एकै स्थानमा ७० युक्रेनी सेनाको मृत्यु भएको युक्रेनले पुष्टी गरेको छ ।
वितेको ६ दिनमा ३ सय बढी सर्वसाधारण सहित सँयौँ सेनाको ज्यान गईसकेको छ भने हजारौँ घाईते भएका छन् । यो युद्धमा रुसका पनि संयौ सेना मारिएका छन् ।
सँयौ सैन्य तथा गैर सैन्य संरचनाहरु युद्धका क्रममा क्षतिग्रस्त बनेका छन् ।
सँयौँ हेलिकप्टर, लडाकु विमान र ग्राउण्डबाट ट्यांक, बख्तरबन्द गाडी, रकेट लन्चर सहित करीब एक लाख सेना किभतर्फ अघि बढीरहेको समाचारहरुमा उल्लेख छ ।
किभमा बाहिरबाट आउने हतियार र उपकरणहरुको सप्लाई अब कमजोर पर्न सक्ने अनुमान गर्न थालिएको छ ।
भारत सहित अन्य मुलुकहरुले तत्कालै आफ्ना देशका नागरिकहरुलाई किभ छोड्न अडभाईजरी जारी गरेका छन् ।
पश्चिमा देशहरुले युक्रेनलाई हतियार, युद्ध लड्न चाहने नागरिकलाई पठाउने, घातक युद्धक विमानहरु दिने फैसला गरेपछि रुसले किभलाई अब नियन्त्रणमा लिने तयारी गरेको बताईएको छ ।
रुसले यस अघि नै यो युद्धको बीचमा आउने कुनै पनि पश्चिमा देशहरुले ईतिहासमा कहिल्यै नभोगेको परिणाम भोग्नु पर्ने चेतावनी दिएको थियो ।