युक्रेनको राजधानी किभ कब्जा गर्न अघि बढ्यो रुसी सेना : ६४ किलोमिटर लामो सैन्य बाहनको भयानक तस्वीर

युक्रेनको राजधानी किभ कब्जा गर्न अघि बढ्यो रुसी सेना : ६४ किलोमिटर लामो सैन्य बाहनको भयानक तस्वीर

  • मङ्लबार, फाल्गुन १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.8K
    SHARES

फागुण १७ एजेन्सी । रुस र युक्रेनबीच युद्ध शुरु भएको छैटौ दिन पुगेको छ । यसबीचमा दुबै तर्फका संयौ सेनाको मृृत्यु भएको भने अन्य थुप्रै घाईते भएका छन् । युद्धमा संयौ सर्वसाधारणले पनि ज्यान गुमाएका छन् । ५ लाख बढी युक्रेनी नागरिक विस्थापित भएका छन् । अब किभमा अझ ठूलो लँडाई हुने र ठूलो मानवीय क्षति हुने आकंलन गर्न थालिएको छ ।
यसैबीच, पश्चिमा देशहरुले रुस बिरुद्ध कडा प्रतिवन्धका साथ युक्रेनलाई हतियार र लडाकु विमान समेत दिन थालेपछि रुसले किभमा अन्तिम लँडाईको तयारी गरेको छ ।
रुसी सेनालाई सहयोग गर्न बेलारुसी सेना समेत युक्रेनमा प्रवेश गरेको बताईएको छ । यी सैन्य बाहनहरुमा
स्याटेलाईटबाट लिईएको तस्वीर अनुसार कम्तीमा ६४ किलो मिटर लामो रुसी सेनाको बाहनहरुको ताँती किभ नजिक पुगेको छ । तीन तिरबाट रुसी सेनाले किभलाई घेरेको छ । यी बाहन, २ सय बढी सैन्य हेलिकप्टरका साथ समुन्द्रबाट समेत रुसले उच्च तैनाथी गरेको समाचार छ । यसमा एक लाख ५० हजार रुसी सेना केन्द्रीत रहेको बताईएको छ ।
युक्रेनको आकाशमा अहिले पुरै रुसी लडाकु विमानको नियन्त्रणमा पुगिसकेको रुसी रक्षा अधिकारीहरुको दाबी छ । युक्रेनको धेरै हजार बढी सैन्य संरचना ध्वस्त पारेको भन्दै अहिले युक्रेनको आकाशमा रुसी नियन्त्रण रहेको ती रक्षा अधिकारीको दाबी छ ।
युक्रेनले सुरक्षा परिषद्मा युक्रेनको आकाशमा नो फ्लाई जोन घोषणा गर्न अमेरीकालाई माग गरेपनि ह्वाईट हाउसले त्यो अस्वीकार गरेको छ । अमेरीकाले त्यस्तो घोषणाले सिधै अमेरीका रुसबीच युद्ध हुन सक्ने भन्दै सो प्रस्ताव अस्वीकार गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ