नक्कली कागजात बनाएर विदेश पठाउने ५३ म्यानपावर सञ्चालकलाई जेल र जरिवाना दुबै फैसला

नक्कली कागजात बनाएर विदेश पठाउने ५३ म्यानपावर सञ्चालकलाई जेल र जरिवाना दुबै फैसला

  • सोमवार, फाल्गुन १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

वैदेशिक रोजगार न्यायाधीकरणले नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गरी ५३ वटा म्यानपावर कम्पनीका सञ्चालकलाई कैद तथा जरिवाना गर्ने फैसला गरेको छ ।

वैदेशिक रोजगार न्यायाधीकरणका अध्यक्ष रमेशकुमार खत्री तथा सदस्यद्वय निशा बानियाँ र डा गोपिचन्द्र भट्टराईको इजलासले ५३ वटा म्यानपावर सञ्चालकलाई नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गर्दै छ महिना कैद र रु एक लाख जरिवाना हुने फैसला गरेको हो ।

इजलासले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४७ ९१० को कसुर गरेको ठहर गरी छ महिना रु एक लाख जरिवाना गर्ने फैसला गरेको हो । इजलासले नक्कली कागजात तयार गर्ने कम्पनीको सञ्चालक शेरबहादुर महर्जनलाई तीन महिना कैद र रु ५० हजार सजाय गर्ने फैसला सुनाएको छ भने उक्त कम्पनीमा काम गर्ने कर्मचारीलाई अनिलकुमार महर्जनलाई भने सफाइ दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी