रुस युक्रेन वार्ता निष्कर्ष बिहीन, रुसद्धारा परमाणु हतियारको उच्च तैनाथी !

रुस युक्रेन वार्ता निष्कर्ष बिहीन, रुसद्धारा परमाणु हतियारको उच्च तैनाथी !

  • सोमवार, फाल्गुन १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

एजेन्सी फागुण १६ । आज युद्धको पाँचौ दिनमा रुस र युक्रेनबीच भएको वार्ता निष्कर्ष बिहीन भएको छ ।
बेलारुसको सीमा क्षेत्रमा भएको वार्ता साढे तीन घण्टा चलेको थियो । युक्रेनले तत्काल युद्ध विरामको माग गरेको थियो भने रसियाले विभिन्न शर्त राखेको थियो ।
यो वार्तामा कुनै निष्कर्ष ननिस्कििएपनि थप छलफल गर्न सक्ने भन्दै दुबै प्रतिनिधिमण्डल बाहिरिएका थिए ।
यसैबीच, युक्रेनमा पश्चिमाहरुले ठूलो मात्रामा हतियार र पैपा पठाएर युक्रेनलाई युद्धमा ठूलो सहयोग पुर्याईरहेको पृष्टभूमिमा रुसले आफ्नो परमाणु हतियार युनिटलाई तैनाथ राखेको छ । आज रुसी रक्षा मन्त्रीले राष्ट्रपति पुटिनलाई परमाणु हतियारको तैनाथी समुन्द्र, स्थल र हवाई अड्डामा आदेशको प्रतिक्षामा रहेको रिपोर्ट गरको रुसी सञ्चार माध्यमहरुले जनाएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ