एजेन्सी फागुण १६ । रुस र युक्रेनबीच युद्ध शुरु भएको पाँचौ दिनमा आज दुबै देशका प्रतिनिधिमण्डलबीच बेलारुसमा वार्ता हुने भएको छ । बेलारुस र युक्रेनको सीमा क्षेत्रमा यो वार्ता हुन लागेको हो । दुबै देशको वार्ता टोली पुगेको बेलारुसको बिदेश मन्त्रालयले जनाएको छ । यो तस्वीर बेलारुसले सार्वजनिक गरेको हो ।
वार्तामा युक्रेन तठस्त मुलुक हुनु पर्ने, डोनबास क्षेत्रमा दमन रोकिनु पर्ने जस्ता माग रुसले राख्ने छ भने युक्रेनमाथिको आक्रमण तत्काल रोक्न युक्रेनले माग गर्नेछ ।
यस युद्धका क्रममा सँयौ मानिसको मृत्यु भईसकेको छ भने थुप्रै संरचनाहरु ध्वस्त बनेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline