वार्ताको तयारीका बीच रुस युक्रेन भीषण युद्ध जारी, अबको २४ घण्टा अति महत्वपूर्ण हुनेछ : जेलेन्सकी

वार्ताको तयारीका बीच रुस युक्रेन भीषण युद्ध जारी, अबको २४ घण्टा अति महत्वपूर्ण हुनेछ : जेलेन्सकी

  • सोमवार, फाल्गुन १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

एजेन्सी फागुण १६ । रुसले युक्रेनमा हमला गरेको आन पाँच दिन भएको छ । यो आक्रमण यता दुबै तर्फका हजाराँै सैनिकको मृत्यु भईसकेको छ भने अन्य थुप्रै घाईते भएका छन् ।
यस हमलाका क्रममा युक्रेनमा सेनाका १ हजार बढी सैन्य संरचनाहरु ध्वस्त भएका छन । अन्य भौतिक संरचनामा समेत ठूलो क्षति भएको छ ।
यसैबीच आजै युक्रेनको विश्वकै ठूलो जहाज रुसी आक्रमणमा ध्वस्त भएको युक्रेनका विदेशमन्त्रीले उल्लेख गरेका छन् ।
रुसी आक्रमण जारी रहेका बेला दुबै देशका प्रतिनिधिमण्डलले आज बेलारुसको सीमा क्षेत्रमा वार्ता गर्ने तयारी गरेका छन् । दुबै देशको वार्ता टोली त्याहाँ पुगेको बताईएको छ ।
संसारभरबाट युद्ध रोक्न दबाब बढ्दै गएको छ ।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीले अबको २४ घण्टाको युद्ध अति महत्वपूर्ण रहेको बताएका छन् । उनले यस अघि पटक पटक भावुक सन्देश दिँदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ