फागुण १४ एजेन्सी । रुसले आक्रमण गरेको तेस्रो दिन युक्रेनका राष्ट्रपति भालोदिमोर जेलेन्सकी राजधानी किभ छाडेर भागेको रुसी सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।
किभमा रुसी सेना प्रवेश गरेसँगै राष्ट्रपति आफ्ना सहयोगी सहित किभबाट एलभोभको सुरक्षित स्थानमा सरेको दावी रुसी स्टेट दुमाका सभामुख भोलोदिनले दाबी गरेका छन् ।
जेलेन्सकीले पोष्ट गरेका भिडियोहरु यस अघि नै रेकर्ड गरिएको दाबी समेत उनले गरेका छन् ।
जेलेन्सकीले आफू अन्तिमसम्म युक्रेनको रक्षाका लागि लड्ने भन्दै अमेरीकाले उद्धार गर्न गरेको प्रस्ताव अस्वीकार गरेका थिए ।
जेलेन्सकीले आज फेरी नयाँ भिडियो जारी गर्दै आफूलाई पक्राउ गर्ने रुसको योजना असफल भएको जिकिर गरेका छन् तर भागेको बारे केही बोलेका छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline