यो मलाई तपाईले जीवित देखेको अन्तिम समय हुन सक्छ : युरोपलाई युक्रेनी राष्ट्रपतिको भावुक सन्देश

यो मलाई तपाईले जीवित देखेको अन्तिम समय हुन सक्छ : युरोपलाई युक्रेनी राष्ट्रपतिको भावुक सन्देश

  • शनिबार, फाल्गुन १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 27.4K
    SHARES

युक्रेनमा रुसले आक्रमण गरेको तेस्रो दिनमै रुसी सेना मिसाईल आक्रमण गर्दै राजधानी किभमा प्रवेश गरेपछि भीषण युद्ध जारी छ । युक्रेनले रुसी वार प्लेन खसाल्नुका साथै ३५ सय बढी रुसी सेना मारेको दाबी गरेको छ । रुसले युक्रेनको २ सय बढी सैन्य अखडाहरु ध्वस्त पारेको दाबी गरेको छ ।
यसैबीचमा अमेरीकाले युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीलाई उद्धार गरेर लैजान गरेको प्रस्ताव अस्वीकार गरेका छन् । उनले आफूले देशका लागि गद्धारी गर्न नसक्ने भन्दै आफूलाई गाडी हैन हतियार चाहिएको बताएका छन् ।
यसै क्रममा उनले भिडियो सन्देशमा आफूलाई युरोप र अमेरीकाले एक्लै युद्धका लागि छाडेको भन्दै भावुकता व्यक्त गरेका छन् । उनले युरोपेली नेताहरुलाई भनेका छन्, यो अन्तिम पटक हुन सक्छ तपाईहरुले मलाई जीवित देखेको ।
अबको केही घण्टाहरुमा रुसले किभलाई नियन्त्रणमा लिन सक्ने आकंलन गुप्तचर एजेन्सीहरुले गरीरहेका छन् ।
तीन दिनको युद्धमा हजारौँ मानिसको मृत्यु भएको आशंका गरिएपनि यसको एकिन तथ्यांक आउन बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ