रुसले युक्रेनको राजधानी किभमा पनि भीषण हमला जारी राखेपछि किभमा रहेका २ सय बढी नेपाली किभबाट बाहिर निस्कन थालेका छन् ।
उनीहरु पोल्याण्ड लगायतका छिमेकी देश हुँदै नेपाल आउने कोशिसमा लागेका छन् । युक्रेनमा नेपालको दुतावास नभएकाले जर्मन स्थित नेपाली दुतावासले उनीहरुको उद्धारका लागि सम्पर्क र प्रयास गरीरहेको जनाएको छ । दुतावासद्धारा १९३ नेपाली सम्पर्कमा आएको जनाएको छ ।
युक्रेनसँग सीमा जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेकाले ती देश भएर सुरक्षित रूपमा नेपाल फर्किने सकिने जानकारी पनि दूतावासले गराएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline