युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीले रुसी आक्रमणपछि आजको रात सबै भन्दा कठिन युद्ध हुने बताएका छन् । उनले भिडियो सन्देश मार्फत राजधानी गुमाउन नसक्ने भन्दै किभको रक्षाका लागि डट्न अपील गरेका छन् ।
किभमा १८ हजार बढी स्वयंसेवक नागरिकहरुलाई मेसिनगन दिईएको छ । जेलेन्सकीले आफूले देश छाडेर नभाग्ने पनि घोषणा गरेका छन् ।
किभलाई घेरा हालिसकेको रुसी सेनाले ब्यापक बमबारी गर्दै किभ भित्र प्याराट्रुप्स उतारीसकेको छ ।
आज नै किभ कब्जा गर्न सक्ने अमेरीकी गुप्तचर संस्थाहरुले चेतावनी दिएका छन् ।
यसबीचमा दुबै देशबीच वार्ताबारे छलफल भए पनि अहिले सम्म प्रगति भएको देखिएको छैन ।
वार्ता भए बेलारुसको राजधानी मिन्सकमा हुने जनाईएको छ ।
युक्रेनमा रुसी हमलाको आज तेस्रो दिन हो । त्याहाँ रहेका लाखौँ जनताहरु ठूलो त्रासमा पलायन भईरहेका छन् । विदेशी नियोगहरुले पनि आफ्ना नागरिकहरु निकाल्न प्रयास गरिरहेका छन् ।