रुसले युक्रेनमा आकमण गरेको ३६ घण्टा नाघेको छ । यस बीचमा दुबै तर्फका संयौ सेनाको मृत्यु भएको छ भने संयौ घाईते भएका छन् । केही नागरिकहरुको पनि मृत्यु भएको छ । रुसले युक्रेनको अधिकाशं सैन्य संरचना ध्वस्त पारेको छ भने किभमा रुसी सेना प्रवेश गर्दैछ । किभलाई पश्चिम दिशाबाट रुसले घेरेर लाईफलाईन काटिदिएको छ ।
अबको २४ घण्टा भित्र रुसी सेनाका प्यारा कमाण्डो राष्ट्रपति कार्यलय प्रवेश गर्ने आंकलन गरिएको छ । त्यसपछि त्याहाँको घमासान भीडन्तका बीच रुसी सेनाले राष्ट्रपति जेलेन्सकीलाई पक्राउ गर्ने संभावना छ ।
या त्यो भन्दा अघि नै जेलेन्सकीले आत्मसमर्पण गरेर रुससँग वार्ता गर्न सक्नेछन् ।
यो जेलेन्सकीले देश छाडेर भाग्न सक्नेछन् । रुसले युक्रेनलाई यही अवस्थासम्म तहसनहस पारिसकेको छ ।
युक्रेनी सेनाले प्रतिरोध जारी राखेपनि रुस निरन्तर अघि बढीरहेको छ । रुसले पनि वार्ताका लागि प्रतिनिधिमण्डल किभ पठाउने तयारी गरेको छ ।
त्यसो भएमा यो युद्ध छिटोे अन्त्य हुन सक्ने आंकलन गरिएको छ ।