युक्रेनमा दुई दिन देखि रुसको आक्रमण जारी छ । रुसले युक्रेनको ३० भन्दा बढी शहर कब्जा गरीसकेको छ । जल , थल र हवाई हमला तीव्र पारेको रुसका केही सेना किभमा प्रवेश गरेको युक्रेनका राष्ट्रपति जेलेन्सकीले स्वीकारेका छन् । उनले नागरिकहरुलाई कफ्र्युको पालना गर्न अपील गरेका छन् । आफ्नो देशको सेनाले रुसी सेनालाई रोक्न सक्दो प्रयास गरीरहेको भन्दै रुसी नागरिकलाई उनले भावुक सन्देश दिँदै युद्ध रोक्न प्रदर्शन गर्न अपील गरेका छन् ।
रुसी सेना राजधानी किभबाट केबल ३२ किलोमिटर नजिक पुगिसकेको भन्दै जेलेन्सकीले अब चार दिन भित्र राजधानी किभ कब्जा गर्न सक्ने अनुमान गरेका छन् ।
जेलेन्सकीले रुसी सेनालाई रोक्न आफ्नै देशको तीन वटा पुल युक्रेनी सेनाले उडाएको बताएका छन् ।
यस युद्धमा दुबै देशका संँयौ सेना र केही नागरिकको मृत्यु भएको छ भने अन्य सयौँ घाईते भएका छन् ।
संसारभरबाट युक्रेन आक्रमणको बिरोध भए पनि रुसले युद्ध रोकेको छैन ।
यसैबीच, अमेरीकी गुप्तचर एजेन्सीले रुसका १० हजार प्यारा ट्रुप्स राजधानी किभमा प्रवेश गर्ने तयारी गरेको र उनीहरुले राष्ट्रपति जेलेन्सकीलाई कब्जा गरेर शान्ति सम्झौतामा हस्ताक्षर गराउने तयारी गरेको दाबी गरेको छ ।