युक्रेनमा आक्रमण शुरु गरेको दोस्रो दिनमै रुसी सेना राजधानी किभ नजिक पुगेका छन् । रुसले राजधानीमा बमबार्ड जारी राखेको छ । युक्रेनले पनि सक्दो प्रतिरोध गरीरहेको छ । युक्रेनले आज बिहान किभको आकाशमा रुसी लडाकु विमान खसालेको दाबी गरेको छ ।
यसैबीच संसारले युक्रेनलाई एक्लै छाडेको भन्दै युक्रेनका राष्ट्रपति जेलेन्सकीले आफूले रुसी राष्ट्रपतिसँग वार्ता गर्न चाहेको बताएका छन् । आफू देश छाडेर भाग्ने योजनामा नरहेको भन्दै उनले किभमै आफू बसिरहेको बताए ।
जेलेन्सकीको फोन समेत पुटिनले नउठाएको उनले बताए ।
यता रुसी राष्ट्रपति निकट अधिकारीहरुले भने किभले आत्मसमर्पण गर्ने शर्तमा मात्रै वार्ता हुने दाबी गरेको छ ।
अमेरीका र नेटोले युक्रेनको समर्थन गरेपनि युद्धमा सहायता नदिदा युक्रेन तहसनहसको बिन्दुमा पुगेको छ । आक्रमणको ९६ घण्टा भित्र पुरै युक्रेन रुसले कब्जा गर्ने अमेरीकी अधिकारीहरुले अनुमान गरेका छन् ।
रुसले युक्रेनमा गरेको आक्रमणको संसारभरबाट बिरोध भईरहेको छ । स्वयं रुस भित्र पनि हजारौ मानिसले युद्धको बिरुद्ध प्रदर्शन गरेका छन् ।