रुसी हमलाको २४ घण्टाः १३७ युक्रेनी सेनाको मृत्यु, संयौ सैन्य संरचना ध्वस्त

रुसी हमलाको २४ घण्टाः १३७ युक्रेनी सेनाको मृत्यु, संयौ सैन्य संरचना ध्वस्त

  • शुक्रबार, फाल्गुन १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

रुसले युक्रेनमाथि आक्रमण गरेको करीब २४ घण्टा पूरा भएको छ । यति समय भित्र रुसको हवाई , स्थल र समुन्द्रबाट गरिएको हमलामा १३७ युक्रेनी सेनाको मृत्यु भएको राष्ट्रपति जेलेन्सकीले बताएका छन् ।
३ सय बढी सेना र नागरिक घाईते भएको पनि उनले बताए । सँयुक्त राष्ट्रसंघका अनुसार युक्रेनबाट एक लाख बढी नागरिक विस्थापित भएका छन् । यस अवधिमा दर्जनौ रुसी सेना मारिएको, दर्जनौलाई बन्दी बनाईएको युक्रेनी सेनाले बताएको छ ।
रुसी सेनाले चिर्निवल परमाणु संयन्त्र नियन्त्रणमा लिएको छ भने विभिन्न तीस वटा शहर नियन्त्रणमा लिएको दाबी गरिएको छ । रुसी सेना विस्तारै राजधानी किभ तर्फ अघि बढेको र अबको केही समय भित्रै किभलाई नियन्त्रणमा लिने अनुमान गरिएको छ ।
अमेरीकाले यो युद्ध युक्रेन स्वयंले लडनु पर्ने भनेपछि युक्रेन थप निराश भएको बताईएको छ ।
अमेरीका, बेलायत र ईयुले रुसमाथि प्रतिवन्ध लगाउने बाहेक युक्रेनलाई अन्य सहायता दिन सकेको छैन ।
युक्रेनका नागरिकहरु बम सेल्टर र बंकरमा पसेर त्रसित अवस्थामा रहेका छन् ।
उता रुसभित्रै पनि हजारौँ नागरिकहरुले युद्ध रोक्न माग गर्दै प्रदर्शन गरेका खबरहरु आईरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ