युक्रेनमाथि हमला गरेको पहिलो दिनमै रुसी सेना राजधानी किभमा प्रवेश गरेको छ । शुरुमा सैन्य अखडा, उपकरण, संरचना, एयर डिफेन्स सिस्टम र कमाण्ड पोष्टहरुमा हवाई आक्रमण गरेपछि रुसी सेना राजधानी किभ सम्म प्रवेश गरेको छ । किभको उत्तरी क्षेत्रमा रहेको सैन्य एयरफिल्ड नियन्त्रणमा लिन रुस र युक्रेनको सेनाबीच भीडन्त चलिरहेको दुबै देशका अधिकारीहरुले बताएका छन् ।
बिहानदेखि अहिले सम्म भएको हमलामा युक्रेनको ७० बढी सैन्य संरचना ध्वस्त पारेको रुसी रक्षा मन्त्रालयको दाबी छ ।
दुबै तर्फ एक सय बढी सेना र नागरिक मारिएको बताईएको छ । रुसले १४ युक्रेनी सेनालाई नियन्त्रणमा लिएर आत्मसमर्पण गरेपछि छाडिदिएको दाबी गरेको छ । उता युक्रेनले पनि रुसका दुई सेनालाई नियन्त्रणमा लिएको छ ।
किभमा आजै युक्रेनको सैन्य विमान दुर्घटनाग्रस्त हुँदा १४ सैनिकको मृत्यु भएको छ ।
युद्धले युक्रेन ठूलो संकटमा परेको छ भने पश्चिमा देशहरुले रुसमाथि प्रतिवन्ध लगाएका छन् ।