युकेनमाथि हमला गरेकै दिन रुसले ठूलो संख्यामा डोनबास क्षेत्रमा युक्रेनी सेनाले हतियार बिसाएर आत्मसमर्पण गरेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ ।
रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरी सेनाले आफ्नो पोष्ट छाडेर हतियार बिसाएर हिँडेको दाबी गरेको छ । आजै शुरु भएको युद्धमा दुबै देशका करीब एक सय सेना र दर्जनौँ नागरिकको मृत्यु भएको बताईएको छ ।
युक्रेनले रुसका दुई सैनिकलाई बन्धक बनाएको तस्वीर सार्वजनिक गरेको छ ।
रक्षा मन्त्रालयले सञ्चार माध्यमहरुलाई आधिकारीक सुत्रको मात्र प्रयोग गर्न भन्दै युक्रेनले लडाकु विमान खसालेको झुटो भएको दाबी गरेको छ ।
यसै गरी मन्त्रालयले युक्रेनी जनतालाई हमलामा कुनै निशाना नबनाईएको बरु सैन्य संरचना, बेसक्याम्प र सैन्य पूर्वाधार लक्षित हमला भएको बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline