अमेरीका र नेटोलाई पुटिनको चेतावनी, यदी हस्तक्षेप गर्यौ भने ईतिहासमा कहिले नभोगेको परिणाम भोग्ने छौ

अमेरीका र नेटोलाई पुटिनको चेतावनी, यदी हस्तक्षेप गर्यौ भने ईतिहासमा कहिले नभोगेको परिणाम भोग्ने छौ

  • बिहिबार, फाल्गुन १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 21.7K
    SHARES

युक्रेनमा सैन्य कार्बाहीको घोषणा गर्दै रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले अमेरीका र नेटोलाई स्पष्ट चेतावनी दिएका छन् । उनले युक्रेनलाई गैरसैनिकिकरण गर्नु जरुरी भईसकेको भन्दै यसमा सबै आवस्यक फैसला लिईसकिएको र हस्तक्षेप गर्ने जुनसुकै बिदेशी शक्तिलाई ईतिहासमा कहिले पनि नभोगेको परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन् ।
अमेरीका, बेलायत, युरोपेली युनियनले रुसमाथि प्रतिवन्ध लगाएपछि रुसले यो चेतावनी दिएको हो ।
पुटिनले युक्रेनी सेनालाई हतियार छाडेर घर जान आग्रह गर्दै आफ्ना पूर्वजहरुले नाजीबाद बिरुद्ध लडेको स्मरण गर्न अपील गरेका छन् ।
अहिलेको युक्रेनका शासकहरु नाजीका समर्थक बनेको रुसको आरोप छ । रुसले डोनबासमा नागरिकमाथि युक्रेनले दमन गरेको, युक्रेनलाई रुसको सुरक्षा हित विपरीत नेटोमा सामेल गर्न खोजेको भन्दै यस अघि देखि नै कार्बाहीको चेतावनी दिँदै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ