रुस र युक्रेनबीच तनाव बढेको दुई दिन पछि पहिलो विदेशी नेताका रुपमा पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले मस्कोको भ्रमण शुरु गरेका छन । पाकिस्तानका प्रधानमन्त्री बिशेष बिमानबाट मस्को पुगेका छन् ।
युक्रेनको डोनबास क्षेत्रको डोनेत्सक र लुहान्सक लाई स्वतन्त्र राष्टको मान्यता दिएपछि अमेरीका र युरोपले रुसमाथि प्रतिवन्ध लगाएका बेला खान मस्को पुगेका हुन । पाकिस्तानी प्रधानमन्त्रीले रुसको भ्रमण करीब २ बर्षपछि गर्न लागेका हुन ।
यो भमणमा पछिल्लो विकसित घटनाकम र पाकिस्तानमा प्राकृतिक ग्यास पाईपलाईनको सम्झौता कार्यन्वयन जस्ता बिषयमा छलफल हुने बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline