यदी युक्रेन नेटोमा सामेल भयो र परमाणु हतियार बनाउन लाग्यो भने रुसले पुरै युक्रेन कब्जा गर्ने खतरा

यदी युक्रेन नेटोमा सामेल भयो र परमाणु हतियार बनाउन लाग्यो भने रुसले पुरै युक्रेन कब्जा गर्ने खतरा

  • बुधबार, फाल्गुन ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 24.9K
    SHARES

विगत तीस वर्ष अघि सोभियत महासंघ सदस्य राष्ट्र युक्रेन अहिले ठूलो संकटमा छ । पश्चिमा देशहरुसँग बढ्दो सम्बन्ध र नेटोमा सामेल हुने चाहनाले युक्रेनलाई अनिच्छित द्धन्दमा प्रवेश गराएको छ ।
राष्ट्रपति भोलोदिमीर जेलेन्स्की रुसले आक्रमण गरेमा अमेरीका र नेटोले रक्षा गर्नेमा विस्वस्त छन् । तर सन् २०१४ यता हेर्ने हो भने रुसमा क्रिमिया विलयपछि अब करीब १८ हजार बर्गकिलोमिट क्षेत्रमा रहेको डोनेत्सक र लुहान्सक राज्य रुसको मान्यतामा स्वतन्त्र देश बनेका छन् । डोनेत्सकमा ४४ लाख जनसंख्या रहेको छ भने लुहान्सकमा १५ लाख । यो स्टील र खानीहरुको भण्डार क्षेत्र हो ।
४ करोड १ लाख जनसंख्या भएको युक्रेनले करीब ६० लाख जनसंख्या र १८ हजार बर्ग किलोमिटर भुभाग लगभग गुमाएको छ । युक्रेनले यसलाई मान्यता नदिए पनि अब त्यस क्षेत्रमा सैन्य कार्बाही गर्नासाथ बिशाल शक्ति रुस बिरुद्ध आक्रमणमा उत्रिदाँ सिंगो देश नै रुसले कब्जा गर्न सक्ने भय युक्रेनमा छ ।
युक्रेनलाई तीन दिशाबाट करीब दुई लाख रुसी सेना र हतियारबाट घेराउ गरिएको छ । पश्चिमा देशहरु रुसमाथि आर्थिक प्रतिवन्ध लगाए पनि तत्काल सैन्य हमला गर्ने साहस गर्न सक्ने देखिँदैन ।
युक्रेनलाई नेटोमा प्रवेश गराउने र त्याँहा परमाणु हतियार सम्म तैनाथ गर्न सक्ने रुसी रक्षा अधिकारीहरुको आशंका छ । त्यस्तो स्थिति देखिए नेटो र अमेरीकासँग युद्ध हुने नै स्थिति आए पनि केही दिनकै आक्रमणमा रुसले युक्रेनको राजधानी किभ सहित ठूलो भुभागलाई नियन्त्रण गर्न सक्ने अनुमान गरिएको छ ।
राष्ट्रपति भ्लादीमीर पुटिनले अमेरीका र युरोपको आर्थिक प्रतिवन्ध त के युद्ध लड्नु परेपनि नझुक्ने यस अघि नै घोषणा गरीसकेका छन् ।
सन् १९९१ मा नेटोले गरेको सम्झौता विपरीत लाटभिया, लिथुआनीया, रुमानिया, पोल्याण्ड जस्ता वाल्टिक गणराज्यमा अमेरीकाले सेना र हतियार तैनाथ गरेदेखि रुसले अमेरीका र नेटोप्रति अविस्वास गर्दै आएको छ ।
अत युक्रेनले रुसी सुरक्षा सुनिश्चिततालाई ध्यानमा दिएर स्वतन्त्र देशको रुपमा रहनु नै बुद्धिमानी हुने तर्क स्वयं युक्रेनभित्र उठ्न शुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ