अमेरिकाद्धारा रुस विरुद्ध नयाँ नाकाबन्दीको घोषणा, पश्चिमा वित्त बजारमा निषेध

अमेरिकाद्धारा रुस विरुद्ध नयाँ नाकाबन्दीको घोषणा, पश्चिमा वित्त बजारमा निषेध

  • बुधबार, फाल्गुन ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

११ फागुन, काठमाडौं । अमेरिकाले रुस विरुद्ध नयाँ नाकाबन्दीको घोषणा गरेको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनबाट छुट्टिन खोजेका दुई वटा प्रान्तलाई रुसले स्वतन्त्र देशको मान्यता दिंदै तिनीहरुको सुरक्षाका लागि भन्दै सेना पठाएको प्रतिक्रिया स्वरुप अमेरिकाले नाकाबन्दी लगाएको बताए । बाइडेनले गएराती जारी गरेको नाकाबन्दी सम्बन्धि आदेश अनुसार अब रुसलाई पश्चिमा वित्त बजारमा निषेध गरिने छ ।

रुसले पश्चिमा देशहरुबाट कुनै पनि आर्थिक सहयोग गर्न पाउने छैन । त्यस्तै रुसले युरोपसहित पश्चिमा देशहरुसंग नयाँ ब्यापार गर्न पनि पाउने छैन । राष्ट्रपति बाइडेनले रुसले छिमेकी देशको सार्वभौमिकतामाथि हनन् गरेको भन्दै रुस यो भन्दा अघि बढ्यो भने आफूहरु कठोर जवाफ दिन तयारी अवस्थामा रहेको चेतावनी पनि दिनुभएको छ ।

रुसले युक्रेनबाट छुट्टिनका लागि पृथकतावादी आन्दोलन चलाउँदै आएका डोनेत्स्क र लुहान्स्क नामका दुई प्रान्तलाई स्वतन्त्र देशको मान्यता दिएकोथियो । रुसी कदमलाई अमेरिकासहित पश्चिमा देशहरुले युक्रेनमाथिको आक्रमणको सुरुवात भनेका छन् ।

रुसका ब्यापारिक समूह तथा संभ्रान्तहरुलाई पनि पश्चिमा संसारमा प्रवेश गर्न रोक लगाउने चेतावनी पनि अमेरिकी राष्ट्रपति बाइडेनले दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ