बुर्किना फासोको एक सुन खानीमा डाईनामाइट विष्फोट, ६० जनाको मृत्यु

बुर्किना फासोको एक सुन खानीमा डाईनामाइट विष्फोट, ६० जनाको मृत्यु

  • बुधबार, फाल्गुन ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

११ फागुन, काठमाडौं । अफ्रिकी मुलुक बुर्किना फासोको गावा शहर नजिकै रहेको एउटा सुन खानीमा डाईनामाइट विष्फोट हुँदा ६० जनाको मृत्यु भएको छ ।

बुर्किना फासोको दक्षिण पश्चिमीमा रहेको उक्त शहर नजिकको एउटा गाउँमा अस्थायी सुन खानीमा डाइनामाइट विष्फोट भएको हो । सुन खानी आसपासको बजारमा डाइनामाइट भण्डार गरेर राखिएको ठाउँमा आगलागी हुँदा जनधनको ठूलो क्षती भएको हो ।दर्जनौ घाइतेलाई नजिकैको अस्पतालमा उपचारको लागि लगिएको छ ।

उक्त सुन खानीमा काम गर्ने मजदुरहरु अधिकांश देशका अन्य क्षेत्रबाट विस्थापित भएका शरणार्थीहरु थिए । घटनाबारे छानविन थालिएको र शंकास्पद एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बुर्किना फासो अफ्रिकाको सबैभन्दा बढी सुन उत्पादन गर्ने मुलुक हो ।

सन् २०२० मा यो देशले ५४ टन सुन उत्पादन गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ