https://twitter.com/i/status/1495043423987974145युक्रेन मामलालाई लिएर अमेरीका र नेटो देशहरुसँग तनाव चरम बनेका बेला रुसले बेलारुसमा आकाश, जमिन र समुन्द्रबाट शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षणको रुसी राष्ट्रपति भ्लादीमीर पुटिन र बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले प्रत्यक्ष निगरानी गरेका थिए ।
रुसले मिग ३१ बिमानबाट जिरकन हाईपर सोनिक मिसाईल प्रहार गरेको छ । सन् २०१८ मा बनाएको यो क्षेप्यास्त्र ध्वनी भन्दा सात गुणा तेज गतिमा गएर एक हजार किलो मिटर सम्म प्रहार गर्न सक्छ । यो अमेरीकी सुरक्षा प्रणालीबाट पनि रोक्न असंभव रहेको बताईन्छ ।
यसै गरी अन्तरमहादेशीय स्कन्दर लगायतका मिसाईल र अन्य क्रुज मिसाईलहरु आकाश, जमिन र समुन्द्रबाट प्रहार गरिएको र त्यले निशानाहरुलाई ध्वस्त पारेको रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
रुसले युक्रेनको बहानामा अमेरीका र नेटोले रुसलाई घेराबन्दी गरेको र क्रिमियामा आक्रमण गर्न खोजेको बुझाईमा रहेको छ ।
रुसले दुष्मन बिरुद्ध जीत सुनिश्चित गर्ने गरी सैन्य अभ्यास र तयारीलाई मजबुत बनाईरहेको छ ।
Пуск гиперзвуковой ракеты «Кинжал» в рамках планового учения сил стратегического сдерживания, проведенного под руководством Верховного Главнокомандующего ВС РФ В.Путина#Минобороны #АрмияРоссии #Учение #Кинжал pic.twitter.com/T06LPyZs3W
— Минобороны России (@mod_russia) February 19, 2022
https://twitter.com/i/status/1495043423987974145