युक्रेन मामलामा आक्रामब रबैया अपनाईरहेको अमेरीका र बेलायतले रुसले सन् १९४५ को दोस्रो विश्व युद्धपछिकै सबै भन्दा ठुलो युद्धको तयारी गरेको आरोप लगाएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले बिबिसीसँग कुरा गर्दै युरोपमा रुसले ७ दशक यताकै सबै भन्दा ठूलो युद्धको तयारी गरेको दाबी गरे ।
अमेरीकाले पनि रुसमाथि सोही आरोप लगाउदै आएको छ । यद्यपि, रुसले आफ्नो सुरक्षा चासोका बारेमा पश्चिमा देशहरुले संवोधन गर्नु पर्ने भन्दै युद्ध नचाहेको स्पष्ट पार्दै आएको छ ।
युक्रेनमा १६ फेब्रुअरीमा रुसले हमला गर्छ भन्ने दाबी अमेरीकाको रहे पनि सो दिन रुसले आफ्ना हजारौँ सेनाहरु बेसक्याम्पमा फर्काएको थियो ।
रुसले अमेरीका र नेटोले रुसको बहानामा आफूलाई युद्धमा होम्न खोजेको भन्दै नझुक्ने बताउदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline