ब्राजिलमा बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या १०४ पुग्यो

ब्राजिलमा बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या १०४ पुग्यो

  • बिहिबार, फाल्गुन ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

पेट्रोपोलिस, ब्राजिल, ५ फागुन । ब्राजिलको पेट्रोपोलिस सहरमा आएको मुसलधारे वर्षा र बाढीका कारण बिहीबार साँझसम्म मृत्यु हुनेको सङ्ख्या १०४ पुगेको छ ।

विपद्बाट हुने जनधनको सङ्ख्या बढ्दै गएको उद्धारमा खटिएका अधिकारीहरूले बताएका हुन् ।

“अहिलेसम्म १०४ जनाको मृत्यु भएको पुष्टि भएको छ । अग्नि नियन्त्रक तथा उद्धारकर्मीहरूले २४ व्यक्तिलाई सकुशल उद्धार गरेका स्थानीय नगर प्रमुखको कार्यालयले बताएको छ ।

रियो दे जेनेरियोको उत्तरमा रहेको डाँडामा पर्ने मनोरम सहरको नगरप्रमुखको कार्यालयले दिएको जानकारी अनुसार मङ्गलबार आएको भीषण बर्षाका कारण सहरमा तीन घण्टामा २५८ मिलिमिटर पानी परेको थियो । यो अघिल्लो महिनाको सबै वर्षा बराबर हो ।

बाढी तथा डुबानका कारण प्रभाबित सयौँ व्यक्तिलाई प्रायःजसो विद्यालयहरूमा आश्रय दिइएको कार्यालयले जनाएको छ । प्रशान्त महासागरको चक्रीय शीतलन ‘ला नीना’ र जलवायु परिवर्तनको प्रभावले वर्षाऋतुमा पानीको वर्षा बढाइरहेको विशेषज्ञहरूले बताएका छन् । उनीहरूले पेट्रोपोलिसको यो भयावह पनि यसै कारण भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ