नेपालका लागि पूर्वबेलायती राजदूत मोरिसले आत्महत्या गरेको खुलासा !

नेपालका लागि पूर्वबेलायती राजदूत मोरिसले आत्महत्या गरेको खुलासा !

  • बुधबार, फाल्गुन ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

४ फागुन, काठमाडौं । नेपालका लागि पूर्वबेलायती राजदूत रिचर्ड मोरिसले आत्महत्या गरेको खुलासा भएको छ ।

सन् २०१५ देखि ०१९ सम्म नेपालमा राजदूत रहेका ५२ वर्षीय मोरिस नेपालबाट फर्केपछि मे २०२० मा बेलायतको ह्याम्पशायरबाट हराएकोमा चार महिनापछि बेन्ट्ली ह्याम्पशायरस्थित घरनजिकै उनको शव फेला परेको थियो ।

घटनाबारे भएको न्यायिक जाँचपछि अदालतले मोरिसले आत्महत्या गरेको ठहर गरेको बीबीसीले जनाएको छ ।

बेलायतको कोभिडसम्बन्धी सरकारी कार्यदलमा कार्यरत रहेको अवस्था बेपत्ता भएका मोरिसले गम्भीर र निरन्तर तनाव बेहोरेपछि आत्महत्या गरेको सरकारी अधिकारीहरुको भनाइ छ ।

न्यायिक जाँचमा मोरिसकी श्रीमती एलिसन मोरिसले पनि कोभिड १९ संक्रमणको पहिलो लहरमा दबाबका बीच काम गरेको बताएकी छन् । यसका आधारमा अदालतले मोरिस गम्भीर तनावमा रहेको र ज्यान दिएको निष्कर्ष निकालेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ