रुससँग कुनै पनि बेला सिधा युद्ध हुने बाईडेनको चेतावनी

रुससँग कुनै पनि बेला सिधा युद्ध हुने बाईडेनको चेतावनी

  • शुक्रबार, माघ २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

अमेरीकी राष्ट्रपति जो बाईडेनले दुनियाको सबै भन्दा शक्तिशाली मध्य एक रुससँग कुनै पनि बेला सिधा युद्ध हुन सक्ने चेतावनी दिएका छन् । एनविसी न्युजसँग कुरा गर्दै हालत अझै विग्रिन सक्ने भन्दै युक्रेनमा रहेका अमेरीकी नागरिक तत्कालै फिर्ता हुन उनले आग्रह गरेका छन् ।
रुस र बेलारुसले शीत युद्धपछिकै सबै भन्दा बिशाल सैन्य अभ्यास युक्रेन नजिक बेलारुसमा शुरु गरेपछि बाईडेनको यो प्रतिकृया आएको हो ।
बाईडेनले युक्रेनमा सेना पठाउनुको अर्थ तेस्रो विश्व युद्ध हुने भन्दै उनले अहिले स्थिति अलग भएको र थप खराब हुन सक्ने बताए । बाईडेनले रुसले युक्रेनमा हमला गर्न सक्ने चेतावनी दिँदै आएको छ । अमेरीकाले दोस्रो खेपको हतियार र सैन्य उपकरण समेत पठाएको छ ।
बेलायत लगायतका देशले पनि हतियार र उपकरण पठाईसकेका छन् । जर्मनी, पोल्याण्ड, लिथुआनीया जस्ता देशमा अमेरीकी सेनाको संख्या थपिएको छ ।
रुसले अमेरीका नेतृत्वको नाटो गठबन्धनले युक्रेनको बहानामा आफूलाई घेराबन्दी गरेको भन्दै जुनसुकै स्तरको युद्धका लागि आफ्नो तयारी तीव्र बनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ