युक्रेन मामलामा अमेरीका सहित पश्चिमा देशहरुले सैन्य घेराबन्दी बढाईरहेका बेला रुस र बेलारुसले आजदेखि बिशाल सैन्य अभ्यास शुरु गरेका छन् । युक्रेनको सीमाबाट १५० किलो मिटर नजिक बेलारुसमा ३० हजार सेनाले सँयुक्त सैन्य अभ्यासमा भाग लिएका छन् । १० दिन चल्ने यस अभ्यासमा प्रत्यक्ष युद्धकै जस्तो स्वरुपमा सेनाले भाग लिनेछ ।
यस अभ्यासमा रुसको सुखोई ४०० डिफेन्स सिस्टम, एफ ३५ लडाकु विमान , समुन्द्री युद्धपोत जस्ता अत्याधुनिक हतियार र उपकरणहरु तैनाथ गरिएका छन् ।
यो युद्धअभ्यासबाट रुसले पश्चिमा शक्तिहरुसँग रुस नझुक्ने र आवस्यक परे जस्तो सुकै युद्ध अघि बढाउन सक्ने सन्देश दिन खोजेको देखिएको छ ।
यतिखेर युक्रेन संकटलाई लिएर अमेरीका सहित नेटो देशहरुले पोल्याण्ड, जर्मनी र युक्रेनमा ठूलो संख्यामा सेना र हतियार जम्मा गरीरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline