दक्षिण कोरियामा बुस्टर डोज लगाउने अवैधानिक मजदुरको जरिवाना मिनाहा, प्रवेशाज्ञा प्रतिबन्ध पनि फुकुवा गर्ने

दक्षिण कोरियामा बुस्टर डोज लगाउने अवैधानिक मजदुरको जरिवाना मिनाहा, प्रवेशाज्ञा प्रतिबन्ध पनि फुकुवा गर्ने

  • बुधबार, माघ २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

सउल, २६ माघ । दक्षिण कोरियामा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि यसलाई न्यूनीकरण गर्दै शून्यमा पु¥याउने सोचका साथ यहाँको न्याय मन्त्रालयले नयाँ योजना सार्वजनिक गरेको छ । सोअनुसार यहाँ अवैधानिकरूपमा बसोबास गर्ने विदेशीलाई कोरोना भ्याक्सिनको तेस्रो बुस्टर डोज खोप लगाएकाले स्वेच्छाले स्वदेश फर्कन चाहेमा उनीहरूले तिर्नुपर्ने जरिवाना मिनाहासहित प्रवेशाज्ञा प्रतिबन्ध पनि फुकुवा गरिने भएको छ ।

आगामी अक्टोबर १२ तारिखदेखि डिसेम्बर ३१ तारिखसम्मको अवधिमा खोपको तेस्रो बुस्टर डोजसमेत पूरा गरेको प्रमाण पेश गरी स्वदेश फर्किन चाहनेलाई यो योजना प्रदान गर्न लागिएको हो । सो कुराको जानकारी कोरियाको न्याय मन्त्रालयलले यहाँ रहेका अन्य मुलुकको राजदूतावाससहित नेपाली राजदूतावासलाई समेत जानकारी गराएको छ । जानकारी पाएसँगै नेपाली राजदूतावास सउलले यहाँ रहेका नेपालीमाझ सूचित गरेको छ ।

कोरिया सरकारले गैरकानूनीरूपमा बसोबास गरिरहेका विदेशीलाई पनि कोरोना परीक्षण गर्न र खोपका सबै मात्रा निःशुल्करूपमा प्रदान गरेको छ । यहाँ रहेका कतिपय गैरकानूनी विदेशीले आफूूलाई अध्यागमनले समाउला कि भन्ने डरले कोरोनाको खोप लगाएका छैनन् । त्यसैले पनि कोरोना नियन्त्रण गर्न कठिन भइरहेको कोरिया सरकारको ठम्याइ छ । उनीहरुलाई खोप लगाउन प्रोत्साहनस्वरुप दक्षिण कोरिया सरकारले यो योजना लागू गरेको हो ।

दक्षिण कोरियामा अवैधानिक बसोबास गर्ने विदेशी नागरिकले हाल घर फर्कंदा बसाइ अवधिका आधारमा अधिकतम २५ हजार १४० अमेरिकी डलर अर्थात् तीन करोड वोनसम्म जरिवाना तिर्नुपर्ने साथै एकदेखि १० वर्षसम्म पुनःकोरिया प्रवेश निषेध गर्नसक्ने प्रावधान छ ।

मन्त्रालयका अनुसार कोरोना खोप पूरा गरेको प्रमाण पेश गरी उल्लिखित नियममा सहभागी हुनसक्ने बताइएको छ । यो वर्षको अन्त्यसम्ममा पनि कोरोना खोप नलगाउने अवैधानिक विदेशी, आपराधिक क्रियाकलापमा संलग्न भई प्रहरी हिरासतमा रहेका विदेशी नागरिकलाई भने यो योजनामा सहभागी हुन पाउने छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी