बेलायतले युक्रेनमा सेना पठायो

बेलायतले युक्रेनमा सेना पठायो

  • मङ्लबार, माघ २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

बेलायती विषेश फौजका १०० भन्दा बढी सदस्य युक्रेन पुगेका छन् ।

उनीहरु युक्रेन र रुसको सिमा क्षेत्रमा पर्ने डोनबसमा पुगेको पनि अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् ।

रुसले युक्रेनको सिमा क्षेत्रमा ठूलो मात्रामा सैनिक परिचालन गरेको चर्चा चलिरहेका बेला बेलायती विषेश फौजका सदस्यहरु त्यहाँ पुगेका हुन् ।

युक्रेनका एक उच्च अधिकारीले पनि बेलायतबाट आफुहरूले १०० जनाभन्दा बढी सुरक्षाकर्मी प्राप्त गरेको पुष्टि गरेका छन् ।

रुस, युक्रेन र पश्चिमा विश्व बीचको तनाव झण्डै ८ वर्षअघि देखिएको हो । त्यतिबेला रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नो भूगोलमा गाभेको थियो ।

रुसले पूर्वी डोनबस क्षेत्रमा रक्तपातपूर्ण विद्रोह गरिरहेको समूहलाई सघाइरहेको आरोप पश्चिमी मुलुकहरूले लगाएका छन् भने रूसले यसलाई अस्वीकार गर्दै आउको छ । त्यही क्षेत्रमा रुसले अहिले एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेको बताइएको छ ।

सैनिक तैनात भएकाले रुसले युक्रेनमा आक्रमण गर्ने तयारी गरिरहेको दावी यूरोप तथा कतिपय अमेरिकी मुलुकहरूले गरिरहेका छन् । तर रुसले उनीहरूको दावीमा सत्यता नरहेको भन्दै आक्रमण गर्ने तयारी नभएको बताउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ