पुटिनको कडा सन्देशः पश्चिमा देशहरु किमियामा रुसमाथि आक्रमण गर्न चाहन्छन, हामी झुक्दैनौ

पुटिनको कडा सन्देशः पश्चिमा देशहरु किमियामा रुसमाथि आक्रमण गर्न चाहन्छन, हामी झुक्दैनौ

  • मङ्लबार, माघ २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले अमेरीका र पश्चिमा देशहरुको व्यवहारको कडा आलोचना गरेका छन् । रुसको भ्रमणमा पुगेका फ्रान्सका राष्ट्रपति ईम्यानुएल म्याक्रोनसँगको भेटवार्तामा क्रममा पुटिनले पश्चिमा शक्तिहरु क्रिमियामा हमला गर्ने चेष्टामा रहेको भन्दै त्यसको सामना गर्न तयार रहेको चेतावनी दिएका थिए ।
क्रिमिया सन् २०१४ मा रुससँग विलय भएको थियो । पुटिनले म्याक्रोनलाई रुसले युक्रेनमाथि पहिलो हमला नगर्ने पनि बताएका थिए । उनले के फ्रान्स रुससँग युद्ध चाहन्छ भनेर सोधेको पनि म्याक्रोनले बताए ।
युक्रेन र रुसी सीमामा संकट बढेपछि युद्ध रोक्ने अभिप्रायले फ्रान्सका राष्ट्रपति रुस पुगेका हुन् । उनले अब युक्रेन पुगेर त्याहाँका राष्ट्रपति भ्लोदोमियोर जेलेन्सकीसँग पनि छलफल गर्ने र पुटिनसँग पुनः कुरा गर्ने बताएका छन् ।
अमेरीकाले रुसले युक्रेनमा हमला गर्ने भन्दै युक्रेनलाई युद्ध तर्फ उकासीरहेको र त्यो आवरणमा रुसलाई युद्धमा होम्ने योजना बुनेको रसियन अधिकारीहरुले बताउदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ