इमरान खानले फेब्रुअरीमा रुसको भ्रमण गर्ने सम्भावना

इमरान खानले फेब्रुअरीमा रुसको भ्रमण गर्ने सम्भावना

  • सोमवार, माघ २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यस महिनामा रुसको भ्रमण गर्ने सम्भावना रहेको छ । सो भ्रमण भयो भने २३ वर्षपछि पाकिस्तानी प्रधानमन्त्रीको रुसको भ्रमण हुने स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा रुसको यो भ्रमण हुन लागेको एआरवाई न्युजले जनाएको छ । यस भ्रमणका क्रममा इमरान खानसँग उहाँको मन्त्रिपरिषद्का मन्त्रीहरूको उच्चस्तरीय प्रतिनिधिमण्डल पनि संलग्न हुनेछ ।
मार्च १९९९ मा, तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले रुसको भ्रमण गर्नुभएको थियो।
गत महिना मस्को र इस्लामाबादले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको यस वर्षको भ्रमणको योजनालाई अन्तिम रूप दिन वार्ता गरिरहेको रिपोर्ट आएपछि यो कुरा बाहिर आएको हो।
इमरान खानले पुटिनलाई औपचारिक निमन्त्रणा गरिसक्नुभएको एक्सप्रेस ट्रिब्युन अखबारले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
पाकिस्तानी अखबारले पुटिनको भ्रमण विगत दुई वर्षदेखि छलफलमा रहेको तर कोभिड–१९ महामारीलगायत विभिन्न कारणले कार्यान्वयन हुन नसकेको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ