अमेरीकाले युक्रेनमा रुसले हमला गर्ने अन्तिम तयारी गरेको र त्यो मात्रा ७० प्रतिशत पूरा भएको भन्दै दिएको चेतावनीप्रति युक्रेनले आपत्ति जनाएको छ । युक्रेनी विदेश मन्त्री दिमित्रो कुलेवाले यसलाई काल्पनिक अनुमान भनेका छन् ।
अमेरीकी गुप्तचर अधिकारीलाई उद्धृत गर्दै युक्रेनमा रुसले यही फेब्रुअरीमा हमला गर्ने र ७५ हजार मानिस मारिन सक्ने र त्यस मध्य २५ हजार युक्रेनी सेनाको ज्यान जाने दाबी गरिएपछि युक्रेन रुष्ट बनेको हो ।
विदेशमन्त्री कुलेवाले यस्तो अनुमानमा आफ्नो देश र नागरिकले विस्वास नगर्ने भन्दै कुनै पनि परिस्थितिका लागि युक्रेन तयार रहेको बताए ।
युक्रेनसँग बलियो सेना, जनताको एकता र अन्तराष्ट्रिय समर्थन रहेकाले कुनै पनि चुनौतीलाई सामना गर्न सक्ने उनले बताए ।
अमेरीकाले युक्रेनमाथि रुसले हमला गर्ने चेतावनी पटक पटक दिँदै आएको छ ।
रुसले भने युक्रेनको बहानामा अमेरीकाले रुसलाई युद्धमा होम्न खोजेको भन्दै चेतावनी दिँदै आएको छ ।