भारतसँग कास्मीर मामलाका कारण ब्यापार ठप्प रहेको पाकिस्तानले ठूलो परिणाममा थप चीनीया लगानी भित्र्याउने भएको छ । ओलम्पिक उद्घाटनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री ईमरान खानले चीनीया प्रतिनिधिहरुसँगको छलफलपछि उक्त एमओयु भएको छ ।
यस सम्झौता अनुसार बलुचिस्तानको चीन पाकिस्तान ईकोनोमिक करिडोरको खुल्ला क्षेत्रमा बार्षिक १३ मेट्रिक टन भन्दा बढी क्षमतामा उत्पादन गर्न सक्ने स्टील उद्योग निर्माण गर्ने र त्यसको लागि चीनले ४ अर्ब डलर भन्दा बढी लगानी गर्नेछ ।
तीन वर्ष भित्र बनिसक्ने यो उद्योगले ४० हजार युवालाई रोजगारीको अवसर प्राप्त हुने पाकिस्तानले जनाएको छ ।
यसै गरी गाई तथा कुखुराको दाना उत्पादन, सोयाविन उत्पादन, भैसीको दुधको प्रोसेसिगं उद्योगको स्थापना, भैसी फार्म सञ्चालन गर्ने पनि सम्झौता भएको छ ।
यो भैसी परियोजनामा ८ हजार भैसी एकसाथ पालिने छ भने एक सय ६० लाख लिटर दुध बार्षिक उत्पादन गरिनेछ । जसमा चीनको कृषि कम्पनीले ३० करोड अमेरीकी डलर लगानी गर्नेछ ।
यसै गरी कराची पोर्ट निर्माण, एक लाख किलो मिटर पाकिस्तान भरी फाईबर केबल नेटवर्क बिच्छ्याउने , पुल निर्माण, ईकोनोमिक करिडोरको आसपासमा थप निर्माण कार्य गर्ने पनि सम्झौता चीन र पाकिस्तानबीच भएको छ ।
पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले अन्तराष्ट्रिय समुदायले शीत युद्धकालीन मानसिकता त्याग्नु पर्ने र समन्वय र सहकार्यमा आधारीत भएर अघि बढ्नु पर्ने प्रतिकृया दिए ।
यो लगानी सम्झौता सिपेक पछिको सबै भन्दा बिशाल र महत्वपूर्ण भएको पाकिस्तानी अधिकारीहरुको दाबी छ ।