युक्रेन मामलामा रुससँग र ताईवान मामलामा चीनसँग तनाब बढीरहेका बेला रुस र चीनले सँयुक्त रुपमा नेटोको शीत युद्धकालीन रणनीतिक बाटो परित्याग गर्न चेतावनी दिएको छ ।
बेईजिगं ओलम्पिकका अवसरमा आयोजित उद्घाटन समारोहमा सहभागी हुन चीन आएका रुसी राष्ट्रपति भ्लादीमीर पुटिन र चीनीया राष्ट्रपति सि जिन पिंगले ५३ सय शब्दको एक सँयुक्त विज्ञप्ति जारी गरी युक्रेन मामलामा चीन रुसको समर्थनमा रहेको र एक चीन सिद्धान्त अनुसार रुसले ताईवानलाई चीनको हिस्सा मान्ने र समर्थन गर्ने स्पष्ट पारिएको छ ।
यस भेटवार्ता र साझा वक्तव्यलाई पश्चिमा देशहरुलाई थप झस्काएको छ ।
वक्तव्यमा आफ्ना देशहरुको आन्तरीक मामला, सम्प्रभुत्ता, क्षेत्रीय अखंडतामा कुनै अन्य देशको हस्तक्षेप अस्वीकार्य भएको भनिएको छ ।
बर्षौदेखि रुस र चीनबीच बढेको रणनीतिक साझेदारी यसले थप बलियो बनाउने अनुमान गरिएको छ । २ वर्ष पछि चीनीया राष्ट्रपति र रुसी राष्ट्रपतिबीच प्रत्यक्ष भेटवार्ता भएको हो ।
यो सहमतिले रुसमाथि अमेरीका र युरोपको संभावित आर्थिक प्रतिवन्धको विकल्पमा चीनले मद्धत पुर्याउने अनुमान गरिएको छ ।
साथै आर्थिक महाशक्तिका रुपमा उदाईरहेको चीन र रणनीतिक शक्तिका रुपमा रहेको रुसबीचको साझेदारीले युक्रेनदेखि ताईवान सम्म अमेरीकी नेतृत्वको पश्चिमा शक्तिलाई थप चुनौती बढ्ने देखिन्छ ।
ओलम्पिकको उद्घाटन अघि भएको छलफलमा सि र पुटिनले एकतर्फी प्रतिवन्ध लगाउने अमेरीका सहित पश्चिमा शक्तिका कारण हुने नोक्सानी कम गर्न अलग्गै विश्व व्यापी आर्थिक प्रणाली विकास गर्ने रणनीतिक उदेश्यमा समेत छलफल भएको बताईएको छ ।
दुबै देशले अमेरीकी डलरको विकल्पमा नयाँ मुद्रा र भुक्तानी प्रणालीको विकास गर्न प्रयास गर्दै आएका छन् ।
यो सम्बन्धले रुसको प्राकृतिक ग्यास युरोपको विकल्प चीनमा निर्यात गर्न र बजार विस्तार गर्न बल पुग्ने बताईएको छ । चीनीया सञ्चार माध्यमहरुले दुबै देशको रणनीतिक सम्बन्ध नयाँ युगमा प्रवेश गरेको उल्लेख गरेका छन् ।