केही दिन अघि ट्रिपल स्टार इप्लोइमेन्ट प्रालि नामको म्यान पावर कम्पनीमा युट्युवरहरुको एक हुललाई आक्रमण भएको भिडियो सार्वजनिक भएको थियो ।
सोही म्यानपावर कम्पनीका सञ्चालक भीम गुरुङलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहिबार गुरुङलाई नियन्त्रणमा लिएर सिआईबीको कार्यलयमा राखेको छ ।
उनले भिजिट भिसामा युवाहरुलाई पठाएर संयुक्त अरब इमिरेट्स (यूएई) को ग्लोवल सेक्युरिटी कम्पनीमा रोजगारी दिलाइदिने भन्दै भिजिट भिसामा पठाएर ठगी गरेको आरोपमा गुरुङ पक्राउ परेका हुन् ।
राजीव सुनुवार, ज्ञानेन्द्र रानाभाट, सुनील पन्थ, रमेशजंग राना, चन्द्रबहादुर बिक, अर्जुन तामाङ, रोशनराज पाण्डे, प्रताप तामाङ, चिरायु सरदार, भुकबहादुर लामा, शिवराज पन्त र सन्तोष चपागाई लगायतका युवालाई साढे सात लाखका दरले पैसा असुलेर भिजिट भिसामा पठाएको र डेढ महिना हुन लाग्दा समेत कुनै काम नदिएको र खान समेत नपाउने अवस्था आएको गुनासो सुनेपछि युट्युवर त्याहाँ पुग्दा आक्रमण भएको थियो ।