रुसलाई घेर्न अमेरीकाले युक्रेनलाई प्रयोग गरीरहेको छ, यो अस्वीकार्य छ : पुटिन

रुसलाई घेर्न अमेरीकाले युक्रेनलाई प्रयोग गरीरहेको छ, यो अस्वीकार्य छ : पुटिन

  • बुधबार, माघ १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले रुसलाई घेर्नको निम्ती अमेरीकाले युक्रेनलाई प्रयोग गरीरहेको भन्दै यो अस्वीकार्य भएको चेतावनी दिएका छन् । रुसलाई घेरा हाल्ने कुनै पनि कदम आफूहरुले स्वीकार नगर्ने बताए ।
रुसको सुरक्षा सुनिश्चितता सम्बन्धि प्रस्तावमा अमेरीका र नेटोको जवाफको अध्ययन गरीरहेको भन्दै पुटिनले छलफलबाट निष्कर्ष निस्किनेमा आशावादी रहेको पनि बताए ।
हङगेरीका प्रधानमन्त्रीसँगै मस्कोमा पत्रकार सम्मेलनमा सहभागी पुटिनले अमेरीकाले रुसलाई पूर्व सोभियतकालिन समयमा जस्तै घेर्न खोजेको बताए ।
अमेरीकाले रुसले हमला गर्न सक्छ भन्ने त्रास फैलाएर युक्रेनलाई नेटोमा सामेल गर्न खोजेको पुटिनको भनाई छ ।
रुसले हमला गर्न सक्ने भन्दै अहिले अमेरीका सहित पश्चिमा देशहरुले युक्रेनमा सेना र हतियार पठाईरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ