सागरमाथि उडेको जापानको लडाकु विमान वेपत्ता

सागरमाथि उडेको जापानको लडाकु विमान वेपत्ता

  • मङ्लबार, माघ १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं । सोमबार बेपत्ता भएको जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमानको खोजी कार्य जारी राखिए पनि अझै केही पत्तो नलागेको अधिकारीहरुले जनाएका छन् ।

जापानको इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडेको विमान राडारको सम्पर्क बाहिर रहेको छ । ५ किलोमिटर उडेपछि जापान सागरमाथिबाट विमानको सम्पर्क टुटेको थियो । विमानमा २ जना चालक दलका सदस्य थिए ।
यो लडाकु विमान स्क्वाड्रनको हो, जसले रणनीतिक उडान प्रशिक्षणको क्रममा दुश्मनको विमानको रूपमा काम गर्दछ ।

यस अघि अमेरीकाको एफ ३५ स्टेल्थ लडाकु विमान दक्षीणी चीनीया सागरमा सम्पर्क दुर्घटनाग्रस्त भएको थियो भने त्यसको उपकरणहरु अझै फेला परेको छैन ।
त्यस अघि ताईवानको अमेरीका निर्मित एफ १६ लडाकु विमान पनि समुुन्द्रमै खसेर दुर्घटनाग्रस्त बनेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ