रुस विरुद्ध युक्रेन मुद्धाको मामला देखाउदै अमेरीका सहित पश्चिमा देशहरु आक्रामक बनिरहेका छन् । रुसले युक्रेनमा हमला गर्ने तयारी गरेको दाबी सहित नेटो देशहरुले ठूलो संख्यामा हतियार, सेना, लडाकु विमान र युद्धपोत पठाईरहेका छन् । अमेरीकाले साढे ८ हजार सेना तयारी अवस्थामा राखेको छ युक्रेन पठाउन ।
यस्तोमा रुसले युक्रेनमा नेटोको उपस्थिति हुन नहुने भनी राखेको शर्त अमेरीकाले अस्वीकार गरेको छ । रुसले आफूले हमला गर्न नचाहेको स्पष्ट पारेको छ ।
यस बीचमा अमेरीकी राष्ट्रपति जो बाईडेनले अर्को महिना रुसले युक्रेनमा आक्रमण गर्न सक्ने दाबी गरेका छन् ।
बाईडेनले युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्सकीसँग टेलिफोनमा कुरा गर्दै रुसले अर्को महिना हमला गर्न सक्ने चेतावनी दिएका हुन् ।
३० देश सम्मिलित नेटो सदस्य जर्मनीले युक्रेनलाई हतियार दिएको छैन ।
रुसलाई पनि चीनले समर्थन दिएको छ । चीनीया विदेश मन्त्रालयले रुसको वैधानिक सुरक्षाको सुनिश्चितता हुनु पर्ने बताएको छ ।
रुस र युक्रेनको बीचमा कुनै युद्ध छेडिएमा त्यसले विश्व युद्धको रुप लिन सक्ने आशंका गरिएको छ ।