युक्रेन विवादः महाशक्ति अमेरीका सहित तीस देश बिरुद्ध एक्लै लड्दै रुस , कस्तो छ तयारी ?

युक्रेन विवादः महाशक्ति अमेरीका सहित तीस देश बिरुद्ध एक्लै लड्दै रुस , कस्तो छ तयारी ?

  • बिहिबार, माघ १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 19.5K
    SHARES

पूर्व सोभियत संघ सदस्य राष्ट्र युक्रेन पछिल्लो समय नेटोतिर ढल्किन थालेपछि रुसले सीमा क्षेत्रमा ठूलो सैन्य तैनाथी गरेको छ । आफ्नो पश्चिमी सीमा क्षेत्रमा अमेरीकी नेतृत्वको नेटो सेना र हतियारको उपस्थितिलाई चुनौतीको रुपमा लिएको रुसले पश्चिमाहरुको यस कदमलाई शसक्त विरोध गर्दै आएको छ । पटक पटकको वार्ताका बाबजुद रुस युक्रेन विवादले समाधान पाउन सकेको छैन ।
सन् २०१४ मा क्रिमिया रुसमा विलय भएपछि युक्रेन पश्चिमा देशहरुतिर ढल्किदैछ । विश्वको महाशक्ति अमेरीका, बेलायत, जस्ता अन्य नेटो देशहरुले ठूलो मात्रामा क्षेप्यास्त्र, लडाकु विमान, युद्धपोत र सेना समेत रुस नजिक तैनाथ गर्न थालेपछि तनाब थप चुलिलएको छ ।
सोभियत संघको विघटन पछि फेरी रुसलाई शक्तिशाली बनाउदै आएका राष्ट्रपति भ्लादीमीर पुटिन अमेरीका सहित ३० सदस्यीय नेटो गठबन्धन संभावित प्रतिकार गर्न सक्रिय देखिन्छन् ।
विश्व सैन्य शक्तिका हिशाबले अमेरीका पछि रुस सबै भन्दा बढी शक्तिमा छ । परमाणु बमका हिशाबले सबै भन्दा धेरै रुससँग रहेको छ । उसँग करीब ७ हजार परमाणु हतियार रहेको छ ।
१० लाख बढी सेना रहेको रुसले युक्रेनलाई तीन तिरबाट घेरेको छ । यता बेलारुसबाट पनि युक्रेनलाई रुसले घेरेको छ ।
रुसले युद्धको स्थितिमा कम सैन्य क्षति गर्दै विरोधीलाई ध्वस्त पार्न रोबोर्ट टैंक मैदानमा उतारेको छ । मानव रहित यो टैंकको नाम युरेन ९ स्ट्राईकर टैंक रहेको छ । यसमा आर्टिफिसियल ईन्टेलिजेन्स र क्यामेरा जडान गरिएको छ । जसले दुष्मनको टार्गेटहरुलाई आफै खोजेर ध्वस्त पार्दछ । यसलाई रिमोट कन्ट्रोलबाट तीन किलो मिटर टाढैबाट सेनाले चलाउछ । यसमा कम उचाईमा उड्ने हेलिकप्टर तथा लडाकु विमान, विरोधी टैंकहरुलाई मार हान्ने क्षेप्यास्त्र सहित मेसिनगन समेत फिट गरिएको छ । यसलाई सबै भन्दा घातक रुसी ब्याटल टैंकको रुपमा हेरिन्छ ।
आकाशे माईन क्लास्नीकोभ ः यसलाई आकाशे बारुदी सुरुगं भनिन्छ । यो ड्रोन हो । यसमा पनि सेन्सर र क्यामेरा जडान गरिएको छ । यसले विरोधीको ड्रोन, लडाकु विमान र आम्र्ड भेईकललाई पिछा गरेर आफैलाई विष्फोट गरी ध्वस्त पार्ने क्षमता राख्दछ ।
अर्को कलात्मक युद्ध क्षमता पनि रुसी सेनामा देख्न सकिन्छ । जहाँ हवाई सेनासँगै प्यारा फौजकै रुपमा ठूलो संख्यामा कुकुरहरु समेत परिचालित हुनेछ । ती तालिमप्राप्त प्यारा ट्रुपर्स कुकुरहरु पनि विमान वा हेलिकप्टरबाट युद्ध मैदानमा उत्रिनेछन् । यी कुकुरहरुलाई पनि कालो चस्मा र बडी प्रोटेक्ट ज्याकेक लगाईएको हुन्छ । यी तालिम प्राप्त कुकुरहरु १३ हजार फिटको उचाईबाट मैदानमा जम्प गराईनेछ । यीनीहरुको काम दुष्मनको रेकी गर्ने, हमला गर्ने र सेनालाई मद्धत पुर्याउने हुनेछ ।


घातम बम्बर : रुसले टी १६०, टी यु २२ एम ३ जस्ता बम बर्षक विमान पनि तयारी अवस्थामा राखेको छ । २३ सय किलोमिटर प्रतिघण्टा उड्ने यी वम्वरहरुलाई ठूल ठूला आणविक तथा गैर आणविक मिसाईल टार्गेटमा हान्ने छन् । विध्वंसक जहाजका रुपमा हेरिने यी बम्बरहरु रुसका प्रमुख हवाई क्षमता हुन् ।
स्टील्थ ड्रोनः उच्च प्रविधियुक्त यो ड्रोनले क्षेप्यास्त्र ओसार्ने र प्रहार गर्ने मात्र हैन दुष्मनको ड्रोनलाई आकाशमै नष्ट गर्ने क्षमता राख्छ । रुसले पछिल्लो समय क्रिमियामा यो ओरियन ड्रोनको परीक्षण गरेको थियो । यो विरोधीको राडारको पकडमा आउन नसक्ने भएकाले विपक्षी सैन्य वेसहरुमा यसले ठूलो क्षति पुर्याउने छ ।
यस बाहेक सेना, अन्य हतियार, हेलिकप्टर, युद्धपोत, जस्ता समुन्द्रबाट पनि आक्रमण र प्रतिरोधका लागि रुस तैनाथ छ । ब्लाक सि, अरब सागरसम्म रुसी वेडाहरु गस्ती गरीरहेका छन् ।
युक्रेनको पूवी क्षेत्र डोनबासमा रुसी मुलका मानिसहरुको बाहुल्यता रहेको र उनीहरुले स्वतन्त्रताको माग गर्दै गृहयुद्ध चलाईरहेका छन् । युक्रेन सहित पश्चिमा देशहरु युक्रेनको क्रिमिया जस्तै डोनबास पनि रुसले कब्जा गर्न सक्ने भएकाले शसंकित छन् ।
यस्तो स्थितिमा अमेरीका आफै अग्रसर भएर हतियार र लडाकु विमान बाहेक सेना समेत पठाउन तयारी अवस्थामा छ ।
यदी युक्रेनमा युद्ध भयो भने त्यसले महायुद्धको रुप लिने र दोस्रो विश्व युद्धपछिकै सबै भन्दा विध्वशंक युद्धको रुप लिने आकंलन गरिएको छ । अहिले यो युद्ध रोक्न कुटनीतिक प्रयास भए पनि रुसी मागहरुलाई अमेरीकाले संवोधन गरीरहेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ