युक्रेनमा रुससँग संभावित युद्धका लागि ८ हजार अमेरीकी सेना तयार !

युक्रेनमा रुससँग संभावित युद्धका लागि ८ हजार अमेरीकी सेना तयार !

  • मङ्लबार, माघ ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

न्युयोर्क, ११ माघ ।  अमेरिकी रक्ष मन्त्रालय पेन्टागनले ८ हजार सेनालाई उच्च सतर्क अवस्थामा राखेको जनाएको छ । युक्रेनले रुसमाथि हमला गर्नसक्ने आशंकाबीच अमेरिकाले आफ्ना सेनालाई उच्च सर्तकतामा राखेको हो । रुसले युक्रेनको सीमा नजिकै विगत एक महिनादेखि एक लाख सेना परिचालन गरेको छ ।

युक्रेनलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले युरोपेका साझेदार देशहरसँग भिडियो कलमार्फत छलफल गरेका थिए । भिडियो कलमा रुसविरुद्ध सामूहिक रणनीति अप्नाउने विषयमा छलफल भएको थियो ।

पेन्टानगनका प्रवक्ता जोन कर्बीले रुसी सेना उपस्थिति रहेको क्षेत्रमा तनाव सृजना भएमा आफ्ना सेना त्यस क्षेत्रमा पठाइने बताएका छन् । रुसले युक्रेनमा हमला गरेमा अमेरिकी सेनाले जुनसुकै बेला प्रतिकार लिने अमेरिकी रणनीति रहेको विज्ञहरुले बताएका छन् ।

यसअघि रुसले अतिक्रमण गरेर युक्रेनी भूमि क्रिमिया आफ्नो क्षेत्रमा विलय गराउन सफल भएको थियो । रुसी अतिक्रमणमणको अन्तराष्ट्रिय समुदायले विरोध गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ