युक्रेन विवादः रुसलाई थप चिढ्याउदै पश्चिमा शक्ति, बोर्डरमा सेना र हतियार केन्द्रीत

युक्रेन विवादः रुसलाई थप चिढ्याउदै पश्चिमा शक्ति, बोर्डरमा सेना र हतियार केन्द्रीत

  • सोमवार, माघ १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

युक्रेन रुस विवाद मामलामा अमेरीका सहित युरोपेली देशहरुले रुसलाई थप चिढ्याउदै लगेका छन् ।
अमेरीका र बेलायतले रुसले युक्रेनमा आक्रमण गर्ने भन्दै युक्रेनमा हतियार निर्यात तीव्र बनाएका छन् । नेटोका सेना समेत युक्रेनको सीमानामा तैनाथ गरिएको छ । नेटोले सैन्य बल सहित लडाकु विमान र युद्धपोतहरु पठाईरहेको बताएको छ ।
युक्रेनलाई नेटोमा सामेल गर्न नहुने र पूर्वी युरोपेली देशबाट नेटोको सेना र हतियार हटाउनु पर्ने रुसले माग गर्दै आईरहेका बेला नेटो देशहरुले त्यसलाई अस्वीकार गर्दै थप शक्ति केन्द्रीत शुरु गरेपछि तनाव बढेको छ ।
पश्चिमा देशहरुले रुसले युक्रेन कब्जा गर्न सक्ने दाबी गरेका छन् । युक्रेनको सीमानामा रुसले ठूलो संख्यामा सेना र हतियार तैनाथ गरीसकेको छ ।
यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले युक्रेनमाथि रुसले हमला गरे त्यो अत्यन्त दुखदः भयानक विपत्ति र रक्तपातको बिजनेस हुने चेतावनी दिएका छन् ।
युक्रेनबाट बेलायती कर्मचारी र नागरिकलाई फिर्ता बोलाएपछि प्रतिकृया दिँदै प्रधानमन्त्री जोनसोनले रुसमाथि थप नाकाबन्दी लगाउने चेतावनी समेत दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ