यमनमा ७० जनाको मृत्यु हुने गरी भएको हमलाको राष्ट्रसंघले गर्‍यो निन्दा

यमनमा ७० जनाको मृत्यु हुने गरी भएको हमलाको राष्ट्रसंघले गर्‍यो निन्दा

  • शनिबार, माघ ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

साना, ८ माघ । राष्ट्रसंघले यमना भएको हवाई हमलाको निन्दा गरेको छ । यमनको थुना केन्द्रमा भएको हवाई हमलामा ७० जनाको मृत्यु भएको थियो ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले हमलाको निन्दा गर्दै यमनमा जारी तनाब अन्त्य हुनु पर्ने बताएका छन् । सो हमला साउदी नेतृत्वको गठबन्धन समूहले गरेको अनुमान गरिएको छ । समूहले यमनमा हुथी विद्रोहीविरुद्ध सन् २०१५ देखि हमला गर्दै आएको छ । तर, गठबन्धनले सो हमलामा आफ्नो संलग्नता नभएको बताउँदै आएको छ ।

हुथी विद्रोही र साउदी गठबन्धन समूहबीच जारी युद्धमा बालबालिकासहित दशौं हजार सर्वसाधरण मारिएका छन् । युद्धका कारण लाखौं मानिस विस्थापित भएका छन् । खडेरीका कारण यमनका लाखौं मानिस खडेरीको चपेटामा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ