एनआरएनएमा सहमतिको वातावरण बिगार्न महासचिव शर्मा नै सक्रिय

एनआरएनएमा सहमतिको वातावरण बिगार्न महासचिव शर्मा नै सक्रिय

  • बिहिबार, माघ ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौँ, ६ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा बन्न लागेको सहमतिको वातावरण बिगार्न र विवाद चर्काउन कामचलाउ महासचिव हेमराज शर्मा आफै लागेका छन्।

गत शनिबार सम्पन्न गैरआवासीय नेपाली संघ अन्तरर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) को ८१औं बैठकका निर्णयभन्दा फरक बुँदाहरूलाई बैठकको माइन्युट ड्राफ्ट भन्दै शर्माले इमेल पठाएपछि संघकै वरिष्ठ पदाधिकारीहरूले आपत्ति जनाएका छन् ।

बैठकले गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधि र विवाद समाधान गरेर महाधिवेशन र निर्वाचनसमेत गर्ने जिम्मेवारी विस्तारित संरक्षक परिषदलाई दिएको छ। आर्थिक र सांगठनिक गरी दुई प्रतिवेदन महाधिवेशनमा पठाउन पारित गरेको थियो । तर बैठकमा एनसीसी जापानबारे कुनै निर्णय नै भएको थिएन । तर निर्णय नै नभएको कुरालाई कामचलाउ महासचिव शर्माले निर्णय नम्बर ५.४ मा थपेर पठाएका छन्।

प्रवक्ता डिबी क्षेत्रीको नामबाट आएको इमेलमा उक्त विषय उल्लेख छैन । बैठकले विस्तारित संरक्षक परिषदलाई दिएको टीओआरलाई पनि उनले आफुखुसि व्याख्या गर्ने प्रयास गरिरहेका छन्।

एनआरएनएको गत अक्टुवर २०२१ मा हुनुपर्ने १०औं महाधिवेशन तथा निर्वाचन प्रतिनिधि (डेलिगेट्स) चयनसम्बन्धी विवादका कारण पटक पटक मिति तोक्दा पनि हुन नसकेपछि आइसीसीको ८१औं बैठकले सो सम्पन्न गर्ने जिम्मा संघका प्रमुख संरक्षक शेष घलेको नेतृत्वमा गठित विस्तारित संरक्षक परिषदलाई दिने निर्णय गरेको थियो ।

‘जापानको विवादको बारेमा आइसीसीमा केही साथीहरूले विषय उठाउनु भएको हो, तर कुनै निर्णय भएको अवस्था होइन। निर्णय नै नभएको विषयलाई निर्णय भयो भनेर मस्यौदामा लेख्नु सरासर गलत र बद्नियतपूर्ण छ,’ बैठकका सहभागी गुणराज पौडेलले भने। उनले दशौँ महाधिवेशन र चुनाव सम्पन्न गर्न जिम्मेवारीपूर्ण व्यवहार गर्न सबैलाई आग्रह पनि गरे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी