उत्तर कोरियाको फेरि अर्को आणविक परीक्षणः दक्षिण कोरिया

उत्तर कोरियाको फेरि अर्को आणविक परीक्षणः दक्षिण कोरिया

  • सोमवार, माघ ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

एजेन्सी, ३ माघ । उत्तर कोरियाले फेरि एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ । उत्तर कोरियाले अर्को आणविक हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाले दाबी गरेको हो । दक्षिण कोरियाको भनाई पुष्टि भएमा सोमबारको परीक्षण पछिल्लो एक महिनामा उत्तर कोरियाको चौथो हतियार परीक्षण हुनेछ ।

‘सीउलको जोइन्ट चिफ अफ स्टाफले भनेको छ, ‘उत्तरले परीक्षण गरेको आणविक हतियार जापानाके पूर्वी सागरमा खसेको छ,।’ उत्तरले फेरि आणविक हतियार परीक्षण गरेको जापानको समुद्री सेनाले पनि पुष्टि गरेको छ । उत्तरले परीक्षण गरेको आणविक हतियार व्यालिस्टिक मिसाईल भएको कोस्ट गार्डका प्रवक्ताले बताएका छन् ।

उत्तरले सन् २०२२ को पहिलो एक महिनामा मात्र चार ओटाा आणविक हतियार परीक्षण गरेको छ ।  शुक्रबार मात्र उत्तर कोरियाले रेलबाट एउटा मिसाईल प्रहार गरेको थियो । त्यस्तै उसले ५ जनवरी र ११ जनवरीमा आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक मिसाईल परीक्षण गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ