कजाकस्तान हिंसामा २२५ जनाको मृत्यु

कजाकस्तान हिंसामा २२५ जनाको मृत्यु

  • आइतवार, माघ २, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

नुर सुल्तान, २ माघ । कजाकस्तानमा एक साता लामो हिंसामा २२५ जनाको मृत्यु भएको छ । इन्धनको मूल्य बृद्धि विरुद्ध भएको प्रदर्शनमा उनीहरुको मृत्यु भएको सरकारले पुष्टि गरेको हो । ‘आपतकालको समयमा मारिएका २२५ शबको अन्त्यष्टि भएको छ,’ अभियोजनकर्ताको कार्यलयका एक अधिकारीले भने । प्रदर्शनका क्रममा मारिएका सर्वसाधरणको सेनाले सामूहिक अन्त्यष्टि गरेको सर्वसाधारणले बताउँदै आएका थिए ।

मृत्यु हुनेमा २० जना सुरक्षाकर्मी पनि छन् । यसअघि सेनाले ५० जनाको मृत्यु भएको जनाएको थियो । हिंसा चर्किदै गएपछि कजाकस्तानका राष्ट्रपतिको आह्वानमा आन्दोलन दबाउन रुसी नेतृत्वको सेना परिचालन भएको थियो ।

प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकारले हतियार नबिसाउने प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ